चुनावको मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ- स्थानीय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । शुक्रबार ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बस्न लागेको हो ।
आगमी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि बिहीबार बैठक बोलाइएको थियो । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
मंगलबार पनि बैठक बसेको थियो बैठकले संविधानले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गर्नेबारे दलहरूबीच छलफल भएको थियो । तर, कहिले भन्ने मिति उल्लेख गरिएको थिएन । त्यसबारे सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच आज थप छलफल गर्ने बताइएको थियो ।
निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । स्थानीय जनप्रतिनिधिको म्याद २०७९ जेठमा सकिँदै छ ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार साँझ भेटवार्ता भएको छ ।
बालुवाटार स्राेतका अनुसार भेटमा दाहालले हालै वैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेकाे विषयमा छलफल भएकाे छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया