बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : स्वेतपत्र जारी गर्ने निर्णय

काठमाडाैँ – बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो ।
प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमीकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।
श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समितिसमेत निर्माण गरिएको छ । मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिसमेत गठन गरिएको छ ।
मन्त्रीहरु नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति वैठकले गठन गरेको पनि उनले जानकारी दिए। मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको कर्मचारी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।
प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय सीमा दिइएको छ । बैठकले प्रदेशको वित्तीय सुशान जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ समेत स्वीकृत गरेको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया