लागूऔषधसहित ३ पक्राउ

कैलाली - धनगढीमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका– २ ट्राफिकचोकमा दोर्णबहादुर रावलले सञ्चालन गरेको ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका पुगेको प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले पक्राउ पर्नेमा धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नम्बर २ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारी रहेको बताए ।
प्रवक्ता जोशीले पक्राउ परेकाहरूसँग १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ। पक्राउ परेका तिनैजना उपर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया