सार्वजनिक बसमा मास्क न सेनिटाइजर

काठमाडौं– सार्वजनिक यातायातले स्वास्थ्य मापदण्ड अपनाउने नगरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा यस्तो पाइएको हो।
सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे÷नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीवार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरिएको हो। टोलीले बानेश्वर क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेष्टुरेन्ट, सपिङ मल लगायत सार्वजनिक सवारीसाधनमासमेत अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
अनुगमनका क्रममा सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, मास्क सेनिटाइजर नराखिएको पाइएको उनले बताए । बढी यात्रु नराख्न, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सवारी साधनलाई निसंक्रमित पार्नका लागि निर्देशन दिइएको थियो ।
‘सवारी साधनमा मास्क नलगाइएको पनि पाइयो,’ उनले भने, ‘सवारी साधत्रनमा पनि त्यसको व्यवस्था नभएको भेटियो ।’ उनले सेनिटाइजरको प्रयोग कुनै पनि सवारी साधनले नगरेको बताए । केही बसहरुमा अनुगमन गर्दाखेरी सिट क्षमताभन्दा बढी व्यक्तिहरु राखेर हिडाएको पाइएको थियो ।
सडकमा मास्क नलगाइ हिडिरहेका र मास्क नलगाई पसलमा बसिरहेका ८ जनालाई प्रतिव्यक्ति एक सय रुपैँया जरिवाना गरिएको छ। अनुगमनका क्रममा मानिसहरु पहिलेको तुलनामा कमै मात्र बाहिर निस्किएको पाइएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई निरन्तरता दिने जनाएको छ । कोभिड – १९ को तेस्रो लहरलाई कम गराउन र जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया