आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

मेयर विद्यासुन्दरले भने-कोभिड नियन्त्रणमा सरकारले स्थानीय तहलाई वेवास्ता गर्‍यो

काठमाडौं–कोभिड–१९ को तेस्रो लहर चर्कँदैछ । यसको रोकथाम तथा न्यूनीकरणका लागि हामी तयारी अवस्थामा छौं । अनेकौं काम पनि गरिरहेका छौं ।
तर, रोकथाम तथा न्यूनीकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको अनुभूति भइरहेको छ।  

पहिले सुरुमा हुँदा प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, विभागीय मन्त्रीहरूले हामीसँग सल्लाह गर्नुहुन्थ्यो । उपत्यका नगरपालिका फोरमको कहिले संयुक्त रुपमा बैठक बोलाउथ्यौँ । धेरै कुरा हामीहरुसँग छलफल हुन्थ्यो । समस्या के हो ? त्यसको समाधान गर्ने के हो ? माथिबाट निर्णय हुन्छ । निर्णय कार्यान्वयन गर्ने तल नै हुन्छ । यहाँ केही भयो भने माथिल्लो लेभलको कोही पनि खोज्दैन । खोज्ने मेयर, वडा अध्यक्ष नै हो । गर्ने त हामी नै हौँ नि । हिजो कोरोनाबाट देशलाई बचाउन र सिंगो उपत्यकालाई बचाउन, महानगर बचाउन हामी आ–आफ्नो ठाउँमा क्रियाशील भयौँ । त्यसको कारणले जति क्षति होला भनेर अनुमान ग¥यौँ धेरै न्यून मात्र क्षति भयो । त्यो बेला सबै हामीसँग सल्लाह गथ्र्यो । 

जिल्ला प्रशासन कार्यालय पनि हामीसँग सल्लाह गरेर हाम्रो सल्लाह अनुसार चल्थ्यो । हामीले यो गर्ने भन्थ्यौँ, जिल्ला प्रशासन कार्यालय त्यही अनुसारको योजना बनाउथ्यो । अहिले समानान्तर रुपमा हिडिराखेको हो कि जस्तो लागेको छ,। स्थानीय सरकार भनेको केही पनि होइन जस्तो गरेको अनुभूति भएको छ । हिजो जस्तो समन्वय भयो त्यस्तै समन्वय भयो भने हिजो भन्दा प्रभावकारी रुपमा हामी काम गर्न सक्छौँ । खोपको सन्दर्भमा हामीसँग छैन । अहिलेपनि प्रदेश सरकारले दिन्छ । खोप पर्याप्त रुपमा हामीलाई दियो भने हामी सबैतिर सहज रुपमा सबैलाई काठमाडौंबासि मात्रै होइन सम्पूर्ण नेपालीलाई हामी खोप दिन सक्छौँ । पहिला पनि यहाँ हामीले कोही छुटाएका छैनौँ ।

कोभिड–१९ विरुद्धको खोप दिन ढिलाइ भइरहेको भन्दै महानगरपालिकालाई खोपको जिम्मेवारी दिए सहज रुपमा सबैलाई खोप दिन सकिन्थ्यो । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्ने भएकाले उपत्यका भित्र, बाहिर हुने आवत्जावत्मा गृह प्रशासनले कडाइ गर्नुपर्ने अहिलेको आवश्यकता हो ।