घूससहित मालपोतका नासु पक्राउ

जनकपुरधाम : अख्यितार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको आरोपमा सर्लाहीमा एक कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सर्लाहीको मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी हरिवन नगरपालिका २ का राम सुन्दर महतोलाई ११ हजार घूससहित नियन्त्रणमा लिएको हो ।
जग्गाधनी दर्ता प्रमाण पत्र लालपुर्जामा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिवासबाट खटेको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट ११ हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको बर्दिबास अख्तियार कार्यालयले जनाएको छ ।
अख्तियारका अनुसार लेखापढी व्यवसायी महतोलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा नायब सुब्बा बरालको समेत संलग्नता रहेको खुलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया