तयारी नपुगेकाे भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे ।
‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।
यसअघि गत मंगलबार पनि समितिकाे बैठक बसेकाे थियाे । मंगलबारकाे बैठकले संविधानले ताेकिएकै मितिमा स्थानीय तहकाे निर्वाचन गर्नेबारे दलहरूबीच छलफल भएकाे थियाे । तर, कहिले भन्ने मिति उल्लेख गरिएकाे थिएन । त्यसबारे सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच आज थप छलफल गर्ने बताइएकाे थियाे ।
निर्वाचन आयाेगले वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्न सरकारलाई सुझाव दिएकाे छ । स्थानीय जनप्रतिनिधिकाे म्याद २०७९ जेठमा सकिँदै छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया