पत्रकार तथा युवा लेखक एलबी विश्वकर्माको मृत्यु

काठमाडौँ- पत्रकार तथा युवा लेखक एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राती ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका उनका भाइ ललित टमाटाले जानकारी दिए ।
‘राति अचाजनक गाह्रो भएर पाटन अस्पताल लिएका थियौँ,’ टमाटाले अस्पतालबाट इकागजसँग टेलिफोनमा भने, ‘डाक्टरले मृत घोषणा गरिदिए । कसरी मृत्यु भयो भनेर डाक्टरले पनि स्पष्ट भन्नु भएको छैन ।’ उनका अनुसार एलबीको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।
टीभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्मा इकागजका नियमित स्तम्भकार हुन् । हिजो मात्रै विश्वकर्माको इकागजमा 'बाजुराकी सप्पा नेपालीले भोकको जल समाधि लिएको थाहै नपाउने तपाईं कसरी ठूलो मान्छे ?' भन्ने शीर्षकमा लेख छापिएको थियो । त्यसअघि इमेज टेलिभिजन लगायत सञ्चारमाध्यममा उनले काम गरेका थिए ।
क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा खरो लेख्ने युवा लेखकका रुपमा परिचय बनाएका थिए । उनको शव पाटन अस्पतालमा छ । उनलाई कोभिड १९ संक्रमण थियो वा थिएन ? भन्ने एकिन छैन ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया