कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदैन : मन्त्री यादव

विराटनगर – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश सरकारद्वारा सञ्चालित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा अक्सिजनको अभाव हुन नदिने गरी प्रबन्ध गरिएको बताएका छन् ।
आज मन्त्रालयमा आयोजित अक्सिजन आपूर्तिकर्तासँग छलफलमा उहाँले कोभिड अस्पतालमा अक्सिजनको आपूर्तिका लागि पहिले गरेको कार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोहीअनुसारको सेवा दिन आपूर्तिकर्तालाई आग्रह गरे ।
सो अवसरमा मन्त्री यादवसमक्ष आपूर्तिकर्ता उद्योगका प्रतिनिधिले कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिज, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी थिए । आपूर्तिकर्ताले अक्सिजनका खाली सिलिण्डर समयमै उपलब्ध गराइदिनुपर्ने बताए । प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ श्यया विस्तार गरेको छ । यसअघि ९६ श्ययाको अस्पताल सञ्चालनमा थियो।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया