२२०० नाँघ्यो सेयर बजार
काठमाडौं : सेयर बजार सूचक नेप्से बिहीबार २२०० बिन्दूमा पुगेको छ । सुरुवाती कारोबारदेखि बढेको सेयर बजार अन्तर दिवसीय (इन्ट्रा-डे) कारोबारमा यो अहिलेसम्मकै उच्चतम् बिन्दूमा पुगेको हो ।
कारोबार बन्द हुन अझै दुई घन्टा बाँकी छ । बुधबार पनि नेप्से २१७८ बिन्दूको उचाईमा पुगेर बन्द भएको थियो । त्यसो त सोमबार नै इन्ट्रा-डे कारोबारमा २२१६.४४ बिन्दूसम्म पुगेर ६१ अंकले घटेको थियो ।
पछिल्ला दिनमा सेयर बजार कीर्तिमानी चुम्ने पथमा लम्किरहेको छ ।
सेयर बजारमा उछाल आइरहँदा मिरमिरे लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ११२ अंकले बढेको यसको सेयर १२४१ रुपैयाँ पुगेको छ । नारायणी विकास बैंक, प्रभु लाइफ इन्स्योरेन्स, हिमालयन डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स कम्पनी, साल्ट ट्रेडिङ लगायतका कम्पनीहरूको सेयर बढेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया