सिटामोललगायत औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यसको अभाव तत्काल अन्त्य गर्न गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश वैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए ।
त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो । औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पादकहरू तयार भएका छन् । यदि कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएका तत्काल कारबाही गर्ने गरी निर्देशन गएको छ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया