पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङमा स्काई वकर सञ्चालन हुने

ताप्लेजुङ – ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्द्धन र विकासका लागि स्काई वकर प्रविधिको प्रयोग हुने भएको छ । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमका साथ परीक्षण सफल भएसँगै पर्यटन प्रवर्द्धनमा स्काई वकर प्रविधिको प्रयोग हुने भएको हो ।
नेपाली वैज्ञानिक कपिल पौडेलले अविस्कार गरेको स्काई वकर पहिलो पटक ताप्लेजुङमा व्यवसायीक रूपमा सञ्चालन ल्याउने वैज्ञानिक पौडेलले बताए । उनका अनुसार स्काई वकरले एक डाँडादेखि अर्को डाँडा उड्डयन हुने छ ।
प्रत्येक दुई किलो मिटरमा एक सेन्सर राख्नु पर्ने र सेन्सरका सहायताले लामो-लामो यात्रा गर्नु सकिने उनले बताए । विभिन्न क्षेत्रहरूमा ओझेलमा रहेको पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलहरूमा आउँजाउँ गर्नका लागि स्काई वकरको प्रयोग हुने आविस्कार पौडेलले बताए । विकास निर्माण क्षेत्रमा समेत उपयोग हुने उनले बताए ।
ड्रोनबाट निर्माण गरिएको एक विश्वमा पहिलो पटक स्काई वकरको व्यवसायीक रूपमा परियोजना अगाडी बढाएको अविस्कार समूहले जनाएको छ । अविस्कार समूहका अनुसार एक प्रकारको ड्रोन हो । तर विश्वमा पहिलो पटक यति ठुलो ड्रोन कुनै देशले अविस्कार नगरेको वैज्ञानिक पौडेलले दाबी समेत गरेका छन् । ६० जान यात्रु बोक्न सक्ने क्षमता रहेको स्काई वकरका प्राविधिकहरूले जनाएको छ ।
यता ताप्लेजुङमा स्काई वकरका व्यवसायीक रुपमा सञ्चालन समुदाय परिचालन तथा विकास मञ्चले समन्वय गरेको छ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल पाथीभरा, पर्यटकीय स्थल तिम्वुङ पोखरी र फुङफुङे झरना लगायतका स्थानमा व्यवसायीक रूपमा सञ्चालन गर्ने समुदाय परिचालन तथा विकास मञ्चले अध्यक्ष खर्कराज गुरुङले बताए । त्यसका लागि आजबाटै पहिलो सर्भे गर्ने काम सुरु भएको उनले बताए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया