आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

जाजरकोटमा वडाध्यक्षलाई कालोमोसो दलेर जुत्ताको माला !

काठमाडौँ : जाजरकोटको छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई विद्यार्थीले कालोमोसो दलेका छन् । नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दलेका अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले जानकारी दिए ।

वडाध्‍यक्ष केसीले जनविकास माद्यामिक विद्यालयको निर्माण कार्यमा ९ लाख हिनामिना गरेकाे आरोप लगाउँदै कालोमोसो दलेको दाबी विद्यार्थीले गरेका छन् । यसबाहेक अरु आयोजनामा पनि भ्रष्टाचार गरेको आरोपमा वडाध्‍यक्ष केसीमाथि कालोमोसो दलिएको विद्यार्थीहरुको भनाइ छ । 

वडाध्यक्षलाई कालोमोसो दलेपछि जुत्ताको माला लगाइ फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल गरिएकाे छ ।