नेकपा सुदूरपश्चिम सचेतक रावलले पाए जबरजस्तीकरणी मुद्दामा सफाइ

कैलाली : नेकपा सुदूरपश्चिमका सचेतक अक्कलबहादुर रावलले अदालतबाट सफाइ पाएका छन् । जबरजस्तीकरणी उद्योगको मुद्दामा कैलाली जिल्ला अदालतले रावललाई बुधवार सफाइ दिएको हो ।
जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलासले उनलाई निर्दोष ठहर गरेको हो । न्यायाधीश पनेरुले नै रावलले सफाई पाएको पुष्टि गरे । अभियोग पुष्टि नभएपछि रावलले सफाइ पाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।
प्रदेशसभामा नेकपा संसदीय दलका सचेतकसमेत रहेका रावलविरुद्ध धनगढी–४ की एक महिलाले बलात्कार प्रयासको आरोपमा उजुरी दिएपछि गत वर्षको फागुनमा पक्राउ परेका थिए । रावलले माघ २१ गते बलात्कारको प्रयास गरेको भन्दै फागुन १४ गते महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि रावल फागुनमा आफै जिल्ला प्रहरी कार्यालय पुगेको र उनलाई थुनामा राखेर अनुसन्धान भएको थियो ।
रावल अछाम क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । रावल स्थानीय तहको निर्वाचनमा पञ्चदेवल बिनायक नगरपालिकाको मेयर पदमा पराजित भएका थिए ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया