कर्णालीमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त
काठमाडौं- सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहन पुगेका छन् । सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि कांग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महिनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् । नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्टबाहेक अन्यलाई जिम्मेवारी दिन सकेका छैनन् ।
गत मंगलबार माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले पूर्ववत् सहमतिअनुसार चार मन्त्रालय पाउनुपर्ने अडान दोहोर्याएपछि मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद विस्तारमा थप कठिनाइ परेको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_NagRKBWY4X_1p6g5r2igzlecipkkcaub9gflclvnpyeicr8iaoymihg2rdqydw6hv5eb4ka.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया