'धूम ४' मा भिलेन दीपिका !

मुम्बई : भारतीय सिनेमाको सबैभन्दा ठूलो फ्रेन्चाइज मानिन्छ ‘धूम’ । सन् २००४ मा सुरु भएको यो फिल्मका हरेक शृंखलाले बक्स अफिसमा कीर्तिमान कायम गर्दै आएका छन् । ‘धूम’सिरिजको सबैभन्दा ठूलो विशेषता यसमा नेगेटिभ भूमिका गर्ने कलाकार हुन् । पहिलो भागमा जोन अब्राहमले एन्टि हिरोको भूमिका निर्वाह गरेका थिए । दोस्रो भागमा ऋतिक रोशन र तेस्रोमा आमिर खान ।
चौथौ भागमा ऋतिक र आमिरको लिगेसीलाई कसले अगाडि बढाउने भन्ने चर्चा चलेको लामो समय भइसकेको छ । यसका लागि कहिले शाहरुख खानको नाम आउने गरेको छ त कहिले रनवीर सिंहको । तर, पछिल्लो समय यो लिस्टमा दीपिका पादुकोनको नाम पनि थपिएको छ । ताजा हल्ला अनुसार यशराज फिल्मले दर्शकलाई थप ‘सरप्राइज’ दिन फिल्ममा लेडी भिलेनको प्रस्तुत गर्न लागेको छ ।
यसका लागि यशराजले दीपिकालाई अनुरोध गरेको र दीपिकाले पनि सहमति जनाइसकेको खबर छ । दीपिका अहिले यशराजकै मल्टिस्टारर फिल्म ‘पठान’मा काम गरिरहेकी छिन् । फिल्ममा जोन शाहरुख खान, जोन अब्राहम आदि कलाकारको पनि अभिनय रहेको छ । यदि खबर साँचो निस्कियो भने दीपिकालाई दर्शकले सेक्सी चोरको रुपमा पर्दामा देख्नेछन् ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_g4VACZqKqB_go5mwgtmt477p6wmey5r07vgz4qjf2fgulerzr9jcdwcgk6uyokexje5qena.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया