ओपो र यूएनडीपीबीच सहकार्य

काठमाडौँ - ओपो र द युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी) बीच सहकार्य भएको छ । दिगो विकासतर्फ युवा उद्यमीहरूको सशक्तिकरणार्थ युथ इन्नोभेशन एक्सिलिरेशन क्याम्पका लागि ओपोद्वारा यूएनडीपीसंग सहकार्य भएको हो ।
चाइना आलियान्स अफ सोसियल भ्यालु इन्भेष्टमेन्ट (सीएएसभीआई)द्वारा समर्थित, द युथ इन्नोभेशन एक्सिलिरेशन क्याम्पको आयोजना शेन्जेनमा १४ देखि १७ डिसेम्बरमा गरिएको थियो ।
यस वर्ष आयोजित यूथ इन्नोभेशन एक्सिलिरेशन क्याम्प विशेषतः ३ प्रमुख बिषयमा केन्द्रित रहेको थियो । जसमा पर्यावरण संरक्षण, डिजिटल समावेशिता र स्वास्थ्य तथा कल्याण (वेलविंङ) । श्रृंखलाबद्धरुपमा एन्जिल- लगानी गरिएका स्टार्ट अपदेखि लिएर 'ए' कोष भएकाहरू सम्म गरी समग्रमा २० युवा-नेतृत्व सहितका प्राविधिक स्टार्ट-अप्सलाई क्याम्पमा आमन्त्रित गरिएको थियो ।
मुलतः सामाजिक उद्यमीहरूलाई सशक्त बनाउने तथा लगानी, औद्योगिक र शैक्षिक संसाधनको पहुँचमा पुर्याउन सघाउनुका साथै यूएन २०३० 'एजेन्डा फर सस्टेनेवल डेभलपमेन्ट गोल्स' (एसडीजी एस)का लक्ष्य प्राप्तिको उद्देश्यका साथ क्याम्पको आयोजना गरिएको थियो ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया