काेभिडका कारण ‘ग्रामी अवार्ड’ स्थगित

काठमाडौं – काेभिडको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ ।
आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको जानकारी दिएको हो । यो अवार्ड यसअघि ३१ जनवरीमा गर्ने तयारी थियो ।
आयोजकले सहर र राज्यका अधिकारीहरू, स्वास्थ्य र सुरक्षा विशेषज्ञ, कलाकार समुदाय र सहयोगीसँगको छलफलपछि हालका लागि अवार्ड स्थगित गर्ने निर्णय लिएको जनाएका छन् ।
यो वर्ष ६४औं संस्करणको ‘ग्रामी अवार्ड’ हुँदैछ । जसमा कैयौं हस्तीहरू सहभागी हुँदै छन् । यो शोलाई प्रख्यात कमेडियन ट्रेवर नूह होस्ट गर्दै छन् । अवार्डको मनोनयन गत वर्षको नोभेम्बर २२ मा भएको थियो ।
ग्रामी अवार्ड हरेक वर्ष हुने सबैभन्दा ठूलो म्युजिक अवार्ड हो । यसमा सहभागी हुने कलाकारहरूलाई उनीहरूको प्रदर्शनका आधारमा सम्मान गरिन्छ । कोभिड महामारीका कारण ग्रामी अवार्ड दोस्रो पटक स्थगित गरिएको हो । यसअघि ६३औं संस्करणको अवार्ड सन् २०२१ मा स्थगित भएको थियो । यो अवार्ड जनवरीको सट्टा मार्चमा आयोजना गरिएको थियो ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया