गाउँ समाजको टड्कारो आवश्यकता प्राथमिकतामा

रसुवा : जिल्लाभित्र भएका विकास निर्माणसम्बन्धी गतिविधिलाई नागरिकसम्म पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले गाउँ समाजका लागि धेरै राम्रा काम गरिरहेको बताउँदै त्यस्ता कार्यको अनुगमन गरी यथार्थ विवरणको समाचार आम नागरिकसम्म पु¥याई दिन सञ्चारकमीहर्रुलाई आग्रह गरेका हुन् ।
रसुवा जिल्लाको पाँच गाउँपालिकामध्ये तीन स्थानको नेतृत्व तहमा आफ्ना दलका जनप्रतिनिधि रहेको जानकारी दिँदै उनले स्थानीय तहमार्फत भएका राम्रा नराम्रा कामको समाचार सम्प्रेषणलाई प्राथमिकता दिन आग्रह गरे । स्थलगत अध्ययन गरी विकास निर्माणलगायत विषयमा सञ्चार क्षेत्रबाट सत्यतथ्य समाचार सम्प्रेषण हुनेमा आफू आशावादी रहेको उल्लेख गर्दै नेता आचार्यले जनताको भावनालाई आत्मसात् गरेर विकास निर्माणदेखि गाउँ समाजको टड्कारो आवश्यकता परिपूर्ति गर्ने खालका गतिविधिलाई स्थानीय तहले प्राथमिकताका आधारमा काम गरिरहेको बताए ।
अधिकांश समाचार राजनैतिक विषयवस्तुले मात्र बढी प्राथमिकता पाइरहेको अवस्थामा विकास निर्माणका विषयमा ध्यान केन्द्रित गराउन उनले पत्रकारहरूलाई यस्तो सुझाव दिएका हुन् । रासस

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया