खोप नहुँदा फ्रन्टलाइनरले पाएनन् 'बुस्टर डोज'

काठमाडौँ- उपत्यकाको अधिकांश खोप केन्द्रमा 'भेरोसेल' खोप सकिएका छन् । बुस्टर डोज लगाउन गएका फ्रन्टलाइनरहरू खोप सकिएकाले नलगाइ फर्किएका छन् ।
सरकारले फ्रन्टलाइनरमा काम गर्नेलाई माघ २ गतेदेखि बुस्टर खोप लगाउने निर्णय गरेको थियो । काठमाडौँको विभिन्न १९ वटा खोप केन्द्रबाट वितरण गर्ने सूचना जारी गरेको छ ।
कोभिडविरुद्धको खोप भेरोसेलबाहेक अन्य कोभिशिल्ड र जोनसन एण्ड जोनसन खोप केन्द्रबाट वितरण भइरहेको छ । बुस्टर डोजका रुपमा भेरोसेल खोप लगाउन गएका एक फ्रन्टलाइनरकाअनुसार केन्द्रमा खोप नभएकाले नलगाइ फर्केका छन् ।
सरकारले बिहान १० बजेदेखि खोप कार्यक्रम सञ्चालन गर्ने भने पनि समय अगावै केन्द्रमा खोप सकिएका छन् । बुस्टरको मात्रा थोरै भएकाले लगाउने मानिस धेरै आएकाले छिटो सकिएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।
स्वास्थ्य विभागले कार्यालयलाई प्रत्येक खोप केन्द्रलाई दुई सयदेखि तीन सय खोप उपलब्ध गराएको कार्यलयकी खोप फोकल पर्सन अन्जना खड्काले जानकारी दिइन् । 'विभागलाई अनुरोध गरेर भोलिदेखि प्रत्येक केन्द्रमा खोपको मात्रा बढाइन्छ,' उनले भनिन् ।
स्वास्थ्य विभाग अन्तर्गत खोप भण्डार महाशाखा प्रमुख बडेबाबु थापाकाअनुसार केन्द्रीय भण्डारमा भेरोसेल खोप सकिँदै गएको छ । 'भण्डारण केन्द्रमा करिब तीन लाख मात्रा खोप छ,' उनले भने ।
केन्द्रमा भएको भेरोसेल सबै खोपहरू जिल्ला र प्रदेशमा पठाइसकेको उनले जानकारि दिए । भण्डारणमा कोभिशिल्ड र जोनसन एण्ड जोनसन खोप मौज्दात छन् ।
जिल्लामा खोप गइसकेकाले भण्डारणमा सकिएको थापाको भनाइ छ । भेरोसेलको खोपको लागि सिरिन्ज पनि सकिंदै गएको छ ।
रसुवा नाकाबाट सिरिन्ज बोकेको गाडी नेपाल नभित्रिएकाले समस्या हुन सक्ने उनले जानकारी दिए । 'नाकामा १० लाख सिरिन्ज बोकेको गाडी अड्किएको छ,' उनले भने,' नाकाबाट आज र भोलिमा १० लाख सिरिन्ज भित्रिन सक्छ । केही दिनमा थप १० लाख सिरिन्ज पनि आउछ ।'

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया