चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार
संखुवासभा- संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुंगा प्रहार भएको हो ।
अज्ञात समूहको ढुंगा प्रहारबाट सामान्य घाइते टाउको,ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए । वडाध्यक्ष राई माथि ढुंगा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया