विदेशबाट आउनेले अबदेखि १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्ने

काठमाडौँ- सरकारले विदेशबाट नेपाल आउने नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । विदेशबाट फर्किएकाहरूले १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्ने अध्यागन विभागले जनाएको छ । हवाई यात्रामार्फत नेपाल आउँदा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने छ ।
पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक वा अफिसियल पासपोर्टबाहक र आवासिय भिसाप्राप्त विदेशी नागरिकका हकमा १० दिन होम क्वारेन्टाइन बस्नुपर्ने नियम लागू भएको विभागको सूचनामा उल्लेख छ ।
पूर्ण खोप नलगाएका र लगाएकाहरूको पनि १४ दिन पुगेको छैन भने नेपालको प्रवेश बिन्दुमा अनिवार्य एन्टिजेन परीक्षण गरिनेछ ।
उनीहरूको कोभिड रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टाइनमा बस्नेगरि पठाइने जनाइएको छ । त्यस्तै, कोभिड रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशनमा पठाउने गरी ट्राभल एड्भाइजरी जारी गरिएको विभागले जनाएको छ ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया