कांग्रेस महामन्त्री शर्मासहित परिवार नै काेभिड संक्रमित
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोभिड संक्रमण भएको छ । उनको परिवारलाई नै कोभिड संक्रमण भएको हो । कोभिड लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए ।
आठ महिना अघि पनि शर्माको परिवार नै कोभिड संक्रमित भएकाे थियो । शर्माले ट्विट गर्दै ८ महिनापछि फेरि सपरिवार संक्रमित भएको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, '८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु l लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा PCR,आज सबैको रिपोर्ट-Positive l चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन l एकसातामा फर्किन्छु काममा l सम्पर्क असुविधामा क्षमा चाहन्छु !'

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया