गणपति लघुवित्तले १५.७९ प्रतिशत लाभांश दिने

काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाले १५ दशमलव ७९ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो आवको तुलनामा बढी हो ।
संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ७.३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ७ लाख रुपैयाँ । १५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KMB5yR7ps2_wg7m9r37bvzkhrrhfnmhz807ojfptzdv6qxvow7y3lxb5o4skysdzzbd7kmr.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया