विद्युत् पूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित

लमजुङ- कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि लमजुङमा स्मार्ट लकडाउन लागु गरिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै स्थानीय प्रशासनले स्मार्ट लकडाउन जारी गरेको हो । प्रशासनले सम्पूर्ण शिक्षण संस्थाहरू पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएसँगै यतिखेर जिल्लाका सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द छन् ।
जसका कारण अहिले सबै विद्यालयहरूले विद्यार्थीहरूको शिक्षण सिकाइलाई नियमित बनाउनका लागि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । तर, विद्युत् नियमित नहुँदा पढाइ भने प्रभावित बनेको विद्यार्थीहरूले बताएका छन् ।
विद्यालयहरूले कक्षा सञ्चालन गर्दै आएको समय बिहान तथा दिउँसोको समयमै विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षा प्रभावित बनेको हो । लमजुङमा विगत एक सातायता जीर्ण भएका विद्युतीय संरचना मर्मत तथा अपग्रेडिङ कार्यका लागि भन्दै नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले नै विद्युत् आपूर्ति बन्द गर्दै आएको छ ।
केन्द्रले पूर्व जानकारी दिएर नै विद्युत आपूर्ति बन्द गरे पनि यसको प्रत्यक्षमा शिक्षण संस्था तथा विद्यार्थीहरू परेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याव्सन लमजुङका सचिव विमल अधिकारीले बताए ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया