आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

तराईमा हुस्सु, हिमालमा हिमपातको सम्भावना

फाइल तस्बिर

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 

बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपात हुनेछ ।