५५ औं वर्षमा कृषि विकास बैंक
यस्ता छन् नयाँ सेवा सुविधा

काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले आफ्नो ५५ औं वार्षिकोत्सवको सु-अवसरमा आफ्ना सेवाग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले मिति माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड, डिम्याट,सि-आश्वा, मेरो सेयर र लकर सेवा नलिएका सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ ।
साथै माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोलि उल्लेखित सेवा लिने ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ । चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था समेत गरेको छ । सो अवधिमा बैंकले प्रवाह गर्ने सेवा लिन सम्पूर्ण ग्राहकमा अनुरोध गरेको छ ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया