जीप दुर्घटना : एकको मृत्यु, सात घाइते
बागलुङ : जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका-२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला-३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए । कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रासस

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
_kZxSzDUYwh_bgyu8iucvhgxoqgl3bhyyupegps4ccsuazwmgowud80vtebllrpqerbuixwb_WzvRwOVihj_zo1k3k66pteqfloswfzw7lcsyiqudz3u9gkbf5ufjxmuurhhkvfvnfdbfmen.jpg)
अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

भेडी गोठाला भन्छन्- सरकारले न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

प्रतिक्रिया