अस्करको युट्युब च्यानलमा ‘जय भिम’

मुम्बई - सत्य घटना प्रेरित तमिल फिल्म ‘जय भिम’ले अस्करको युट्युब च्यानलमा ठाउँ पाएको छ । सन् १९९३ मा घटेको एक घटनामा आधारित फिल्मको एउटा सिन र निर्देशकको छोटो भनाइलाई अस्करको युट्युब च्यानलले ठाउँ दिएको हो । फिल्मले केही समयअघि हलिउडको गोल्डेन ग्लोबमा पनि प्रवेश पाएको थियो ।
दर्शक तथा समीक्षकबाट प्रशस्त तारिफ पाएको फिल्म केही विवादमा पनि परेको थियो । त्यसका बाबजुद फिल्मले दलितको मुद्दालाई सतहमा ल्याएको भन्दै अधिकांशले यसको प्रशंसा गरेका थिए । फिल्म व्यापारिक रुपमा पनि निकै सफल मानिएको थियो ।
फिल्ममा सूर्याले न्यायाधीश चन्द्रुको भूमिका निर्वाह गरेका छन् । जस्टिश चन्द्रुको नामले चिनिने चन्द्रुले कसरी तमिलनाडुमा अन्यायमा परेको दलित परिवारलाई न्याय दिलाउन संघर्ष गर्नु परेको थियो, फिल्मले यही विषयलाई प्रस्तुत गरेको छ । अस्करमा समेटिएको भिडियो कुल १२ मिनेट ४७ सेकेन्डको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया