३६ करोड ५० लाख गाडी गुड्छन् चीनमा

बेइजिङ : हाल चीनमा सवारी साधनको कुल संख्या ३६ करोड ५० लाख पुगेको छ । यस वर्षको तेस्रो त्रैमासिकमा मात्र ९० लाख ३० हजार सवारी साधन थपिएका छन् । तथ्यांक अनुसार, पहिलो त्रैमासिकमा ५७ लाख ७० हजार सवारी साधन, दोस्रो त्रैमासिकमा ८३ लाख ६० हजार र तेस्रो त्रैमासिकमा ९० लाख ३० हजार सवारी साधन थपिएका थिए । योसँगै चीन भरि सन् २०२० को सेप्टेम्बरसम्म सवारी साधनको कुल संख्या ३६ करोड ५० लाख पुगेको छ ।
चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार, ३६ करोड ५० लाख सवारी साधनमध्ये २७ करोड ५० लाख कार मात्र रहेका छन् । साथै चीनभरि ४५ करोड जनाले सवारी चालक अनुमती पत्र प्राप्त गरेका छन् । यसै गरी चीनमा कार चालकहरू मात्रै ४१ करोड छन् । पछिल्लो त्रैमासिकमा मात्र १ करोड २२ हजारले सवारी चालक अनुमती पत्र लिएको पनि मन्त्रालयले जनाएको छ ।
यसका साथै ६९ वटा चिनियाँ शहरहरूमा १० लाख, १२ वटा शहरहरूमा ३० लाख र बेइजिङ शहरमा सबैभन्दा धेरै ६० लाख सवारी साधनहरू दर्ता भएका छन् ।
सन् २०१९ को जुनको अन्तसम्ममा ३४ करोड सवारी साधन र यस वर्षको जुनको अन्तसम्ममा चीनसँग ३६ करोड सवारी साधन रहेको तथ्याङ्कले देखाउँछ । हाल यो संख्यामा वृध्दि भएर संख्या ३६ करोड ५० लाख पुगेको छ ।
चीन विश्वको सबैभन्दा ठूलो मोटर बजार पनि हो । यस वर्ष फैलिएको कोभिड-१९ को कारण पहिलो त्रैमासिकमा गिरावट आए तापनि तेस्रोसम्म आइपुग्दा चिनियाँ मोटर बजारको विस्तार तिव्र रूपमा भएको छ ।

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

ईरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

युद्धपछिको अवस्थामा सहायता बजेट दोब्बर आवश्यक : संयुक्त राष्ट्रसंघ

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

प्रतिक्रिया