अफगानिस्तानमा भूकम्पमा परि मानिसहरूकाे मृत्यु भएकाेप्रति पाकिस्तानद्वारा दुःख व्यक्त

इस्लामाबाद – पाकिस्तान सरकारले मंगलबार पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । अफगानिस्तानको पश्चिमी भागको बादघिस प्रान्तमा जनवरी १७ मा गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, पाकिस्तान सरकार र जनताले आफ्ना प्रियजनहरू गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ र यस भूकम्पमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा सोमबार दिउँसो गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २२ पुगेको प्रान्तीय अधिकारीले मंगलबार बताएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले तुर्कमेनिस्तानसँग सीमा जोडिएको बदघिसको प्रान्तीय राजधानी काला–ए–नाउबाट ४० किलोमिटर पूर्वमा भूकम्प गएको जनाएको छ । यस क्षेत्रमा धेरै पराकम्पन पनि महसुस गरिएको छ । रासस

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया