उदितनारायणको स्वरमा आर्यन र वर्षाको ‘स्वतन्त्र मन’

काठमाडौँ - नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्रका गीतहरुमा स्वर दिएर चर्चित बनेका झाको केहि समयको अन्तरालमा यो गीत सार्वजनिक भएको छ ।
डा.प्रकाश पौडेलको शब्द रचना रहेको गीतमा संगीत राज सागरको रहेको छ। ‘स्वतन्त्र मन’ बोलको रोमान्टिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन्। राजन इशानको संगीत संयोजन रहेको गीत सुमधुर बनेको छ।
डा.प्रकाश पौडेलको शब्दलाई संगीतकार राज सागरले न्याय दिन सफल बनेका छन्। गीतको अडियो अनुसार भिडियो पनि उत्कृस्ट बनेको छ। बिजेश र राजनले निर्देशन गरेको भिडियोलाई शिबराम श्रेष्ठले छायाँकन गरेका छन् । सार्वजनिक भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलर गरेका छन्। सार्वजनिक भिडियोमा सुरेश काफ्ले ड्रोन पाइलट रहेका छन्। भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया