प्रदेशको नाम मधेस प्रदेश घोषणा गरिएकोमा मुख्यमन्त्री तथा सांसदकाे पुतला दहन

जनकपुरधाम – प्रदेश २ को नामाकरण मधेश प्रदेश गरिएको भन्दै जनकपुरधामका स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेको छ । मंगलवार स्थानीय युवाहरुले जनकपुरधामको जानकी चौकमा २२ जिल्ला रहेका मधेशलाई संकुचित गरी ८ जिल्लालाई मात्र समेटने गरी मधेश प्रदेश नामाकरण गरी बेइमानी गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनको क्रममा स्थानीय युवा अभियन्ता शुशिल कर्णको अगुवाइमा युवाहरुले मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका सांसदहरुको पुतला दहन समेत गरेका छन । उनीहरुले हामी ८ जिल्लामा केन्द्रित मात्र छैनौं २२ वटै जिल्लालाई समेटेर मधेश प्रदेश बनाउ भन्ने माग राखेका छन् ।
प्रदर्शनमा सहभागीहरु युवाहरुले मधेश प्रदेश हामी मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर लगायतका नाराबाजी समेत गरेका छन् । 'मधेश भूभाग भनेको २२ जिल्लाको रहेकोले ८ जिल्लालाई मात्र हामी स्वीकार गर्दनौं ।', अभियन्ता कर्णले भने, 'मधेश आन्दोलनमा हामी अग्रपंक्तिमा रहेर आन्दोलन गर्यौँ जसका परिणाम ५ वर्षसम्म मुद्दा समेत खेप्याैँ, सो मुद्दा हामीले ८ जिल्लाको मधेस प्रदेशका लागि होइन २२ जिल्लाको समग्र मधेश प्रदेशका लागि खेप्नु पर्यो । तर अहिले आएर ८ जिल्लामा सिमित गरेर आन्दोलनमा होमिएका मधेसी जनतासँगको बेइमानी गरिएको छ ।'
उनले ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम राख्नु पर्ने बताए ।

युरोपेली संघको कूटनीतिक टोली काठमाडौँमा

स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर…

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

प्रतिक्रिया