६ महिनामा नौ प्रतिशत मात्रै खर्च

सुर्खेत - कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि नौ प्रतिशत मात्र बजेट खर्च गरेको छ । पुस मसान्तसम्म चालु र पुँजीगत गरी जम्मा नौ दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको छ । त्यसमध्ये पनि पुँजीगततर्फको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले छ महिनाको अवधिमा पुँजीगत बजेट ६ प्रतिशत खर्च गरेको छ ।
चालु आर्थिक वर्षका लागि कर्णाली सरकारले ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट विनियोजन गरेको थियो । त्यो मध्ये हालसम्म तीन अर्ब ४८ करोड १० लाख १७ हजार रूपैयाँ मात्र खर्च गरेको हो । आर्थिक वर्षका बाँकी ६ महिनामा सरकारले झन्डै ३३ अर्ब बजेट कार्यान्वयन गर्नुपर्ने छ । विकास खर्च बढाउन सरकारले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गर्दै आएको छ । तर, त्यसको कार्यान्वयमा भने चासो दिएको पाइदैन ।
प्रदेशका पाँच वटा मन्त्रालयले झन्डै तीन महिनादेखि मन्त्री विहीन रहेका छन् । बढी विकास बजेट हुने मन्त्रालय नै लामो समयदेखि मन्त्रीविहीन छन् । जसको असर बजेट खर्चमा परेको देखिएको छ । सरकार पूर्ण नहुँदा विकास निर्माणका योजनादेखि नीतिगत निर्णयमा बाधा पुगेको जनाइएको छ । कर्णाली सरकारले पुर्णता नपाउँदा बजेट खर्चको प्रगति सुस्त देखिएको छ ।
सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डाको किचलो अझै मिलेको छैन । फलस्वरुप सरकार विस्तारमा ढिलाइ भइरहेको नेताहरूले बताएका छन् । कर्णालीमा नेपाली कांग्रेस नेतृत्वको तीन दलीय गठबन्धनको सरकार छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सत्ता साझेदार छन् ।
यता मुख्यमन्त्री जिवनबहादुर शाहीले बजेट खर्चको अवस्था सन्तोषजनक रहेको दाबी गर्दै आएका छन् । उनले पहिलाको तुुलनामा खर्चमा वृद्धि हुँदै गएको बताए । ‘बाँकी ६ महिनामा द्रूत गतिमा विकास खर्च बढ्छ,’ शाहीले भने, ‘सरकार त्यो योजना र गतिका साथ लागिसकेको छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया