नाै दिनमा १२ जना फरार अभियुक्त पक्राउ

डडेल्धुरा- डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन्। अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको सक्रियताले नाै दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक देवेन्द्र पालले बताए।
‘पक्राउ परिरहेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारतमा लुकेर बसेका थिए। अहिले लामो समय भएपछि घर फर्किएका छन्। र, यही मौका छोपेर हामीले सक्रियता बढाएका छौं,’ डीएसपी पालले भने।
अदालतले कैद सजाय र जरिवाना फैसला सुनाएका मुद्दामा धेरै फरार रहने गर्छन्। पक्राउ पर्नेमा एकजनालाई एक महिना कैद, चारजनालाई ११ महिना नाै दिन कैद सजायका लागि कारागार पठाएको जिल्ला अदालत डडेल्धुराका तहसिलदार पुष्पराज जोशीले बताए। उनले सातजनाबाट एक सयदेखि दुई लाखसम्म जरिवाना असुलउपर गरी छोडिएको बताए।
१२ जनाबाट २६ पुसदेखि ३ माघसम्म १० लाख ८४ हजार जरिवानामार्फत राजश्वसमेत संकलन भएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ। पक्राउ गरी कैद तथा जरिवाना भएपछि राज्य पक्षबाट अदालतको फैसला कार्यान्वयन भएको मानिन्छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया