मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

ललितपुरमा आजबाट बुस्टर डोज, यी अस्पतालमा लगाइन्छ खोप

ललितपुर- ललितपुरमा आजबाट कोभिड-१९ विरुद्धको बुस्टर डाेज लगाइने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइन लागिएको हो ।

त्यसका लागि महानगरपालिकाले खोप केन्द्र तोकेको छ ।  खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । 

खोप केन्द्र
ललितपुर महानगरपालिका

सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल