मधेस प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको छ : मुख्यमन्त्री राउत

जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन्। प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्गयाएपछि मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको बताए
“मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भने, “मधेस आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरवको कुरा हो ।” यसबाट शहीदहरुको सम्मान भएको उनको भनाइ थियो ।
मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँँदै उनले यसबाट उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि अघि बढ्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । मधेस प्रदेश स्थापनाका लागि सहयोग पुर्याउने सबै प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी लगायतलाई धन्यवाद ज्ञापन दिँदै मुख्यमन्त्री राउतले सम्पूर्ण प्रदेशबासी, देशबासीमा बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । प्रदेश सरकार गठन भएको चार वर्षपछि आज नाम मधेस र राजधानी जनकपुरधाम प्रदेशसभाबाट पारित भएको छ ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया