विद्युत् नियमन आयोगमा आएका कागजपत्र पनि क्वारेन्टिनमा

काठमाडौं : विद्युत् नियमन आयोगले आफ्नो कार्यालयमा आउने कागजपत्रहरुलाई पनि क्वारेन्टिनमा राख्ने गरेको छ । कागजबाट कोरोना भाइरस सर्ने भयले आयोगले दर्ता हुन आएका चिठी पत्र चार दिनसम्म छुँदैन ।
आयोगमा आउने जुनसुकै कागजपत्र, चिठी, प्रतिवेदनलगायत कागजजन्य पदार्थ सितिमिति दर्ता हुँदैनन् । आयोगमा लगिएका र पुर्याइएका चिठीपत्रहरु चार दिनसम्म क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
दैनिक दसवटासम्म चिठी आउने आयोगमा कोभिड-१९ प्रति सजग हुँदै चार दिन छुट्टै बाकसमा राख्ने गरिएको हो । यसले गर्दा नागरिकहरूको दैनिक काम कारबाही प्रभावित भइरहेको भुक्तभोगीहरूले बताएका छन् ।
यस सम्बन्धमा आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले चिठीपत्र दर्ता नहुने गुनासो आएको र आयोगले ती गुनासोलाई आफ्नो जानकारीमा लिएको स्वीकार गरे ।
आयोगले 'मानक सञ्चालन प्रक्रिया' (स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्यूर) लाई अन्तिम रुप दिन लागेको जानकारी दिंदै डा. धितालले यसैमार्फत काम कारबाही अघि बढ्ने बताए । 'यो प्रक्रिया लागू गरेपछि यी भद्रगोल हट्नेछ,' डा. धितालले भने ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_WIGSgfQuyF_dhvxsajcxcgm25cd9nqzyaomv8xjs5hbfhlfnjw1sapzfhbumirxtzxwagon.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया