व्यवसायी भन्छन् : जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यवसाय गर्न पाउनुपर्यो

काठमाडौँ- कोभिड-१९ को ओमिक्रोन भेरियन्ट बढेसँगै पछिल्लो समय मुलुकमा संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमण बढेसँगै विभिन्न व्यवसायहरू प्रभावित भएका छन् । सरकारले कोभिड नियन्त्रण गर्न सिनेमा हल, , जिम क्लब, रोधी, दोहोरी नाच तथा अन्य मनोरञ्जनात्मक व्यवसाय माघ १५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा जनस्वास्थ्यको मापदण्ड पालना गरी पार्टी प्यालेसमा भने कुल क्षमताको एक तिहाई र बढीमा ५० जना अटाएर विभिन्न कार्यक्रम गर्न अनुमति दिएको छ ।
तर, महामारीमा लामोसमयसम्म बन्दको मार खेपेका मनोरञ्जन क्षेत्रका रात्रीकालीन व्यवसायीहरू बन्द गर्ने घोषणा सरकारको विभेदकारी नीति रहेको व्यवसायीले बताएका छन् ।
कोभिडको पहिलो लहरमा व्यवसाय लामोसमयसम्म बन्द हुँदा थला परेको थियो । दोस्रो लहरको अन्त्यसँगै बिस्तारै उठ्न लागेको व्यवसाय सरकारको निर्णयले व्यवासय पुनः धराशायी बन्न जाने छ ।
संक्रमितको संख्या बढिरहदा निश्चित स्वास्थ्यको मापदण्ड अपनाएर, कुल क्षमताको आधा ग्राहक र सहभागी सबैलाई खोप लगाएका सबैलाई प्रवेश गराएर व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् ।
'रात्रीकालीन व्यवसायमा मात्र कोभिड सर्दैन होला'
जनस्वास्थ्यको मापदण्ड अपनाएर व्यवसाय गर्न पाउनुपर्ने ठमेल पर्यटन परीषद्का उपसमितिका समिति संयोजक दावाङ तामाङ बताउँछन् । पछिल्लो समय कोभिड-१९ संक्रमण बढ्न थालेपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढी भीडभाड हुने क्षेत्र बन्द गर्न निर्देशन दिएको थियो ।
'होटल तथा रेष्टुरेण्टमा कुल क्षमताको ५० प्रतिशत ग्राहक राखेर व्यवसाय गर्न पाउनुपर्छ,' उनले भने,' जनस्वास्थ्यको मापदण्ड गरिन्छ । खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने व्यवस्था गरिन्छ ।'
दिनभर अन्य व्यापार व्यवसाय गर्न पाइने तर, जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न नपाउनु राज्यले अन्याय गरेको तामाङ्को भनाइ छ । रातको समयमा मात्र कोभिड सर्छ भनेर व्यवसाय गर्नू भनेको व्यवसायीको हितमा राज्य नभएको उनले आरोप लगाए ।
रातको समयमा एक प्रतिशत ग्राहकले मनोरञ्जन गर्न पाउने अधिकार हनन गर्न नहुने तामाङले बताए । उनले यसअघि लामोसमयसम्म बन्द गरेका व्यवसायीहरू आफ्नो क्षेत्रबाट पलायन हुनुपरेको सुनाए ।
अब पनि व्यवसाय बन्द गर्दा थला पर्ने गरी उठ्न नसकिने र धेरै व्यवसायीहरू पलायन हुन सक्ने उनको भनाइ छ । 'बाह्यय पर्यटकको उपस्थित नभए पनि स्थानीय पर्यटकले व्यापार धानिरहेको थियो,' उनले भने ।
'व्यवासय बन्द गरेर समाधान हुँदैन'
दरबारमार्ग पर्यटन विकास बोर्डका एक पदाधिकारीअनुसार व्यवसाय बन्द गर्नुको बदलामा अन्य विकल्प खोज्नुपर्छ । ती पदाधिकारीले भने,' राज्यलाई लाखौ राजश्व बुझाउने व्यवासय बन्द गरेर समाधान हुँदैन । कोभिड महामारीमा सुरक्षित तरिकाले व्यापार व्यवसाय गर्न पाउने वातावरण बन्नुपर्छ ।'
उनले पनि तामाङ्ले जस्तै जनस्वास्थ्यको मापदण्डको पालना गरी व्यवसाय गर्न पाउनुपर्ने माग राखे । मजदुर र व्यवसायीको रोजीरोटी खोस्न नहुने उनले बताए । घरबेटीलाई भाँडा र बैंकलाई किस्ता बुझाउनसमेत समस्या हुने उनले गुनासो गरे । नागरिक र व्यवसायी आफै सचेत भएर आफ्नो काम धन्दा काम गर्न पाउनुपर्ने उनको भनाइ छ ।
विगतमा गरिएको लकडाउनले केही संक्रमण रोक्न सहयोग नगरेको उनको भनाइ छ । 'सबैजनाले स्वास्थ्यको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ,' उनले भने ।
खोप लगाएर अघि बढौ
जनस्वास्थ्य वैज्ञानिक डा.समीरमणि दीक्षितले जनस्वास्थ्यको मापदण्ड र खोप लगाइ सामान्यतर्फ अघि बढ्न सुझाव दिए । संक्रमितको संख्या गणना गर्न नहुने उनको भनाइ छ ।
'अस्पतालमा भार थपिएको छ या छैन, यही हो अबको हाम्रो सरोकारको विषय । कडाइ गरेर मास्क र खोपसहित सामान्यतर्फ अघि बढ्नुपर्छ,' डा. दीक्षितले भने ।
बन्द भएमा किस्ता बुझाउन गाह्रो
महामारीको समयमा जनस्वास्थ्यको मापदण्ड अपनाएर प्रवेश दिने व्यवस्था गरिएको ठमेलस्थित एलओडीका क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।
'कोभिडविरुद्धको खोप लगाएर आउन हुन सबैलाई अनुरोध गरिन्छ,' उनले भने,' अहिले पनि क्लब भित्र प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ ।' महामारी बढ्दा सबैमा जोखिम बढ्ने कुरालाई ध्यान दिएको उनको भनाइ छ । प्रशासनको निर्देशनलाई पनि मान्दै व्यवसायीलाई व्यवसाय गर्ने वातावरण मिलाइदिन उनले आग्रह गरे ।
त्यसैगरी अर्का निर्देशक भुपेन्द्र कुँवरका अुनसार कोभिड संक्रमणको संख्या बढिरहेको समयमा व्यवसाय सञ्चालन गर्न चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि व्यवासय सञ्चानल गर्न पाउनुपर्ने उनको माग छ ।
उनले भने,' पहिले जस्तो पुनः बन्द गर्नुपर्ने अवस्था आएमा व्यवसाय धान्न गाह्रो हुन्छ । जनस्वास्थ्यको मापदण्डलाई कार्यान्वय गरेर भए पनि व्यवसाय चलाउन पाउनुपर्छ ।'
क्लबमा १ सय ५० जना भन्दा बढी कर्मचारी रहेकाले बन्द गर्नुपरेमा व्यवसाय गर्न गाह्रो हुने उनले बताए । बैंकबाट लिएको ऋण र घरबेटीलाई भाँडा तिर्न गाह्रो उनले बताए ।
यसअघि भएको करिब ९ महिनाको लकडाउनले थलिएको व्यवसायले अहिले विस्तारै उठ्दै गरेको उनले जानकारी दिए । 'पुनः बन्द गर्नुपर्ने अवस्था आएमा उठ्न गाह्रो हुन्छ,' उनले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया