सन्धिखर्क नगरपालिका बन्द !

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४ दिनका लागि बन्द गरिएको छ। नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना देखिएपछि कार्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सोमबार सूचना जारी गरेको सूचनामा ७ गतेसम्म कार्यालय बन्द हुने उल्लेख छ। नगरपालिका कार्यालयको बैठकले सेवा बन्द गर्ने निर्णय गरेको हो।
कोरोनाको संक्रमण थप फैलिन नदिन अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टीजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

टेलिकमकी प्रबन्ध निर्देशक पहाडी बिरूद्द भ्रष्टचारको मुद्दा

अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकपटक तीनवटा आदेश

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

प्रतिक्रिया