काजकिस्तानमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीसहित २२५ जनाको मृत्यु

एजेन्सी – कजाकिस्तानमा हालैको हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूसहित कम्तीमा २२५ जनाको मृत्यु भएको पजहवो अफगान समाचारले सोमबार जनाएको छ।
आइतवार सहर प्रहरी विभागका प्रमुख, कानाट तैमेरदेनोभले दिएको जानकारीअनुसार अल्माटी दंगाले आक्रान्त भएको केही दिनमा सहरका शवगृहहरूमा सातवटा आक्रमणहरू भएका थिए र दंगाकारीहरूले आफ्ना धेरै साथीहरूको शव नियन्त्रणमा लिएका थिए।
इन्धनको मूल्यवृद्धिको विरोधमा देशको पश्चिम भागमा जनताले र्याली गर्दै व्यापक विरोध प्रदर्शन सुरु गरेका छन्। त्यसपछि अशान्त कजाकिस्तानको दक्षिणमा रहेको देशको पूर्व राजधानी अल्माटी लगायत अन्य क्षेत्रहरूमा उक्त अशान्ति फैलिएको थियो। अल्माटीमा जारी विरोध प्रदर्शन हिंसात्मक बनेको थियो।
सरकारले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेको छ। त्यसैरी कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले कजाकिस्तानमा शान्ति सैनिकहरू पठाउने सामूहिक सुरक्षा सन्धि संगठनसँग मद्दतका लागि अनुरोध गरेका थिए। उक्त सामूहिक सुरक्षा सन्धि संगठनका शान्ति सैनिक यस हप्ता फिर्ता हुँदैछन् ।

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया