काेभिड महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले काेभिड महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् ।
सोमबार बालुवाटारमा बसेको विपद न्युनीकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सबै क्षेत्रमा होल्डीङ सेन्टर र कोरोना परीक्षणका साथै महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका हुन् ।
होल्डीङ सेन्टर र आइसाेलेसनका लागि ठाँउ अभाव भए खाली रहेका विद्यालयको समेत प्रयोग गर्नुपर्ने उनको भनाइ छ । खोप प्रयाप्तलाई बढाएर बुष्टर डोजका साथै सबै स्वास्थ्यसंस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए ।
प्रधानमन्त्री देउवाले हर हालतमा जनताको ज्यान जोगाउनका लागि सरकाररले कुनै कमी हुन नदिने स्पष्ट पारे । सबै भिडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सबै सचेत रहनुपर्ने उनको भनाइ छ ।
बैठकमा बिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परिक्षणको दायरा बढाउन सुझाव दिए। स्वास्थ्यउपचारमा देखिने समस्याहरुलाई समयमा नै समाधान गर्न पनि उनले ध्यानाकर्षण गराए।
त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीव्रता दिइएको र तेश्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिए। नेपाल भारत खुल्ला सीमाना रहेकाले पनि नेपालमा कोरोना संक्रमितको संख्या बढेको उनको भनाइ छ ।
बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले भर्चुअल रुपमा प्रदेशमा कोरोनाको अवस्थाका बारेमा जानकारी गराएका थिए । स्वास्थ्य मन्त्रालयले आगामी १० दिनसम्म कोरोना महामारी बढ्दै जाने र त्यसपछि भने घट्ने अनुमान गरेको छ । बैठकमा बिपक्षी दलका नेता, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकायका पदाधिकारी लगाएको सहभागिता रहेको थियो ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया