२२ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न

काठमाडाैँ – प्रहरी नायब महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा प्राविधिक प्रहरी नायब उपरीक्षक साथै प्राविधिक प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्रहरी नायव महानिरीक्षक पूजा सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरु र १४ जना प्राविधिक प्रहरी निरीक्षकहरु रहेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी वहन गर्न क्रियाशिल हुनुपर्ने उल्लेख गरे। कोभिड–१९को बढ्दो संक्रमणप्रति संवेदनशील एवम् चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै उनले समाजमा हुन सक्ने सुरक्षा चुनौतीप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशिल हुनुपर्नेमा जोड दिए।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया