जुम्लाका विपन्न महिलालाई हातेहोजियारी तालिम

जुम्ला - जुम्लाका विपन्न असहाय महिलालाई एक महिने हातेहोजियारी तालिम दिन थालिएको छ । चन्दननाथ नगरपालिका भित्रका विपन्न असहाय महिलाको आयआर्जनमा सुधार ल्याउनका लागि हातेहोजियारी तालिम दिइएको हो ।
सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा महिला आयआर्जन सम्बन्धी सिपमूलक एक महिने तालिम दिन थालिएको छ ।
एक महिनासम्म महिलालाई ऊन तथा ऊनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइने हातेहोजियारी प्रशिक्षक सरस्वती भारतीले बताइन् । उनले भनिन्, 'एक महिने तालिमले उनीहरू पूर्ण रूपमा टोपी र मोजा बुनेर विक्रीवितरण गर्न सक्ने हुनेछन् ।'
सामाजिक विकास कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम शाहीले कार्यविधि अनुसार विपन्न तथा आर्थिक रूपमा पछि परेका महिलाहरूको आयआर्जनमा सुधार ल्याउनका लागि सिपमूलक तालिम दिने गरिएको बताए । उनले भने, 'यस्ता प्रकृतिका तालिमबाट सिप सिकेर धेरै महिला स्वरोजगार बनेका छन् । यो तालिममा सहभागी महिलाले पनि सिप सिकेर स्वरोजगार बन्ने र उनीहरूको आयआर्जनमा सुधार हुने अपेक्षा गरिएको छ ।'
त्यस्तै हिमाली महिला जागरण केन्द्र जुम्लाकी अध्यक्ष छिरिङ ल्यामु लामाले ३ माघदेखि एक महिने हातेहोजियारी सिपमूलक तालिम सञ्चालन गरिएको बताइन् ।
'अहिले ग्रामीण महिला असक्षम र अशिक्षित छन् । उनीहरू चुलोचौकोमा सीमित भएका कारण आर्थिक रूपमा असक्षम छन्,' अध्यक्ष लामाले भनिन्, 'आर्थिक रूपमा असक्षम भएकै कारण समाजमा घरेलु हिंसाका घटना घट्ने गरेका छन् । विभिन्न सिपमूलक तालिमबाट सिप आर्जन गरी व्यवसाय भएपछि महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।'
हातेहाजियारी सिपमूलक तालिममा चन्दननाथ नगरपालिका १० जना महिला सहभागी छन् । एक महिनासम्म तालिममा सहभागी भएर सिप सिक्ने महिलालाई प्रमाणपत्र पनि प्रदान गरिने हिमाली महिला जागरण केन्द्र जुम्लाले जनाएको छ ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया