नयाँ रक्षा सचिव शर्माको पद बहाली

काठमाडाैँ – नयाँ रक्षा सचिव किरणराज शर्माले सिंहदरबास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गरेका छन् ।
मन्त्रालयमा उनलाई सहसचिव बाबुराम अधिकारीलगायत कर्मचारीले स्वागत गरेका हुन् । सरकारले केही दिनअघि उनलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।
यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतेदखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो । यसबीचमा सहसचिव अधिकारीले निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हालेका थिए । यसैबीच, प्रधानसेनापति प्रभुराम शर्माले नयाँ रक्षा सचिव शर्मालाई आजै भेटेर बधाई ज्ञापन गरेका छन् ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया