प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया सुरू

जनकपुरधाम – प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया सुरू भएकाे छ । स्थायी राजधानी जनकपुरधाम पारित भएपछि मधेश प्रदेश नामकाे पहिलाे प्रस्तावमा मतदान सुरु भएको हाे । तीन दलले संयुक्त रूपमा अघि सारेकाे मधेश प्रदेशको प्रस्तावकाे पक्षमा मतदान सुरु भएको प्रदेश सचिवालयले जनाएकाे छ ।
सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशमा मतदान सुरु भएको हाे ।शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेश प्रदेश कायम गर्न शैलेन्द्र कुमार यादवले पेस गरेको प्रस्तावमा मतदान भइरहेकाे छ ।
मधेश प्रदेशको प्रस्तावमा पहिलो मतदान प्रमुख प्रतिपक्षी दल लोसपाकी सांसद तथा पूर्व राज्यमन्त्री डिम्पल झाले गरेकी छिन्। प्रदेश २ मा हाल १ सय ४ जना सांसद रहेकोमा दुई तिहाईका लागि ७० मतको आवश्यक छ भने आजकाे बैठकमा ९९ सदस्य उपस्थित रहेका छन्।
मधेश प्रदेशसँगै नामाकरणका लागि जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव पनि दर्ता भएको छ । मधेश प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुनेछ ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया