बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

स्वास्थ्यकर्मीलाई निःशुल्क औषधि उपचारको माग

काठमाडौं– स्वास्थ्यकर्मीहरूलाई निःशुल्क औषधि र उपचारलगायतको व्यवस्था गरिनुपर्ने माग गरिएको छ । कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई यस्तो व्यवस्था गरिनुपर्ने राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेका हो।

संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको वीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग राखेको छ। अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको वीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग संघले राखेको हो।

साथै, कोभिड–१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउन पनि माग गरिएको छ।

‘सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिइने व्यवस्था गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा व्यवस्था र निःशुल्क पिसीआर व्यवस्था गरियोस्।’