एन्फा र साउदीको फुटबल संघबीच द्विपक्षीय समझदारी

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल संघ (साफ)बीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएका छ । दुई वर्षका लागि गरिएको समझदारी अनुसार एन्फा र साफले फुटबलका विविध पक्षमा साझेदारी गर्नेछन् ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अल्मिसेलले हस्ताक्षर गरेको समझदारी पत्र अनुसार नेपाल र साउदीका युवा टिमहरूबीच मैत्रीपूर्ण खेल हुनेछन् । समझदारीका अनुसार नेपालले साउदीमा र साउदीले नेपालमा बन्द क्लोज क्याम्प राख्ने पनि बताइएको छ । दुई संघले भविष्यमा वर्कसप, बैठक र सेमिनार आयोजना गर्ने, रेफ्री विकास र तालिममा साझेदारी गर्नेछन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया