एफ्कोनः इक्वेटोरियल गिनीसँग हार्याे डिफेन्डिङ च्याम्पियन अल्जेरिया

काठमाडौँ- अफ्रिका कप अफ नेसन्स (एफ्कोन)को पछिल्लो संस्करणको विजेता हो, अल्जेरिया । डिफेन्डिङ च्याम्पियन अल्जेरियाको प्रदर्शन यसपटक चाहिँ आशातित रहन सकेको छैन । समूह चरणको आफ्नो पहिलो खेलमा सिएरा लियोनसँग बराबरीमा रोकिएको अल्जेरिया आइतबार राति इक्वेटोरियल गिनीसँग १–० ले स्तब्ध बन्यो ।
यो नतिजालाई जारी एफ्कोनकै आश्चर्यचकित नतिजा मानिएको छ । अन्तर्राष्ट्रिय फुटबलमा चार वर्षयता अपराजित रहेको अल्जेरियालाई पराजित गर्न इक्वेटोरियल गिनीका एस्टेबान ओबियाङले गोल गरे । यी गोलकर्ता स्पेनको चौथो श्रेणीको लिग खेल्छन् ।
स्टार खेलाडहरूले भरिएको अल्जेरिया जितविहीन रहेकाले समूह ‘ई’को पुच्छारमा छ । उसको खातामा दुई खेलबाट दुई खेलबाट एक अंक छ । यो समूहको शीर्ष स्थानमा आइभरी कोस्ट छ । दोस्रो स्थानमा भन अल्जेरियालाई हराएको इक्वेटोरियल गिनी छ । आइभरी कोस्ट र इक्वेटोरियल गिनीको क्रमशः चार र तीन अंक छ । समूहको चौथो स्थानमा भने सिएरा लियोन छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया