प्रदेश २ को बैठक जारी, राजधानी तथा नामाकरणमाथि छलफल

काठमाडौं– प्रदेश २ को प्रदेश सभा बैठक चलिरहेको छ । बैठकमा प्रदेशको राजधानी तथा नामाकरणबारे छलफल चलिरहेको छ।
बैठक बिहान ११ बजेबाट सुरु हुने भनिएता पनि तोकिएको समयभन्दा साढे दुई घण्टा पछि सुरु भएको हो । आजको बैठकको मुख्य एजेण्डा नै राजधानी र प्रदेशको नामाकरण गर्ने छ । अहिले े राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी रहेको हो ।
अध्ययन विशेष समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेश तथा राजधानी जनकपुरसहित उत्तर पूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रतिवेदन पेश गरेको छ ।
राजधानी तोक्ने तथा प्रदेशको नामाकरण गर्ने विषयमा सहमति नभए मतदानबाट गरिने तयारी छ । प्रदेश सभा सचिवालयकाअनुसार मतदानका लागि पहिले राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।
प्रदेशको नाम ‘मधेस’ जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले गरेको प्रस्ताव हो । जानकी नाममा एमाले र नेकपा (एकीकृत समाजवादी) को सहमत छ भने मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव हो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया